June 12, 2026, Friday
२०८३ जेष्ठ २९ शुक्रबार

जेसीआई सिद्धार्थको अध्यक्षमा कसौधन

Advertisement

भैरहवा– जेसीआई सिद्धार्थ, नेपाल, रुपन्देहीको अध्यक्षमा शार्दुल मयुर कसौधन निर्वाचित भएका छन् । शाखाको ५०औं वार्षिक साधारण सभा तथा शाखा अधिवेशनबाट कसौधनको अध्यक्षतामा वर्ष २०२६ का लागि नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरिएको हो ।

Advertisement

प्रमुख निर्वाचन आयुक्त ओमकुमार श्रेष्ठका अनुसार संस्थाको कार्यकारिणी उपाध्यक्षमा शम्भु नेपाल, हिमबहादुर खत्री क्षेत्री, उपाध्यक्षमा रेमण्ड विश्वकर्मा, रवि थपलिया, संजोग थापा र झकबहादुर गुरुङ निर्वाचित भएका छन् ।

यस्तै, निर्देशकमा अभिषेक रावल, अनुज खत्री, सन्दीप अग्रहरी र राहुल गुप्ता निर्वाचित भएका छन् । साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले जेसीजमा आफूले समाज रुपान्तरणका लागि केही गर्न चाहने व्यक्तिहरुको आबद्धता रहेको पाएको बताए । नवनिर्वाचित अध्यक्ष कसौधनले संथागत र सदस्यहरुको क्षमता विकास गर्दै सामाजिक कामलाई आफ्नो कार्यकालमा बढवा दिने बताए ।