June 12, 2026, Friday
२०८३ जेष्ठ २९ शुक्रबार

सुरु भयो कांग्रेस विशेष महाधिवेशन

Advertisement

कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विशेष महाधिवेशन सुरु भएको छ। भृकुटीमण्डपमा काठमाडौँ जिल्लाका सभापति सबुज बानियाँको सभापतित्वमा विशेष महाधिवेशन सुरु भएको हो।

Advertisement

पार्टीको संस्थापन पक्षले विशेष महाधिवेशन हुन नदिन हरसंभव कोसिस गरे पनि विधानको धारा १७ (२) अनुसार ४० प्रतिशतभन्दा बढी प्रतिनिधिहरुको माग बमोजिम सुरु भएको हो।

संस्थापन पक्षले जिल्ला जिल्लाबाट प्रतिनिधि र नेताहरुलाई काठमाडौँ नआउन पाटक पटक निर्देशन दिए पनि आइतबार र सोमबार चल्ने गरी विशेष महाधिवेशन सुरु भएको हो।

विशेष महाधविशेनमा लामो समयदेखि सभापति शेरबहादुर देउवालाई साथ दिएका पूर्वउपसभापति गोपालमान श्रेष्ठ र पूर्वमहामन्त्री तारानाथ रानाभाट पनि विशेष महाधविशेनमा लागेका छन्। श्रेष्ठले देउवाले तानाशाही प्रवृत्ति देखाएको भन्दै विशेष महाधिवेशनको पक्षमा लागेका हुन्।

संस्थापन पक्षले आउँदो वैशाख २८ देखि ३१ गतेसम्म १५औँ महाधिवेशन गर्ने निर्णय गरेको छ,

मध्यमार्गी विकल्प खोज्दै पार्टी विभाजन रोक्न प्रयासरत नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षका केन्द्रीय सदस्यहरू पनि कांग्रेसको दोस्रो विशेष सम्मेलनमा सहभागी भएका छन् ।

केन्द्रीय सदस्यहरू डिला संग्रौला, पुष्पा भुसाल, राजन केसी, अब्जुल सतार, अर्जुन जोशी, देवेन्द्रराज कँडेल, नानु बास्तोल, योगेन्द्र चौधरी, भरत शाह, विनोद चौधरी, उदयशमशेर राणा लगायतका नेताको नाम मञ्चमा बाचन गरिएको छ । तीमध्ये उपस्थित भएका केन्द्रीय सदस्यहरूलाई मञ्चमा आशनग्रहण गराइएको छ । अन्य नेताहरू कार्यक्रममा सहभागी हुन आउँदै गरेको जानकारी उद्घोषकले गराएका छन् ।