June 12, 2026, Friday
२०८३ जेष्ठ २९ शुक्रबार

जबरजस्ती करणी अभियोगमा प्यूठानमा एक युवक पक्राउ

Advertisement

प्यूठान– प्रहरीले १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्यूठानमा एक युवक पक्राउ गरेको छ । प्ठूठान गप्रहरीका अनुसार पक्राउ पर्नेमा जिल्लाको स्वर्गद्वारी नगरपालिका–९, जुकेना बस्ने २१ वर्षीय दुर्ग बहादुर घर्ती मगर छन्। उनलाई बुधबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो।

Advertisement

मगरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो। सोही उजुरीका आधारमा अस्थायी प्रहरी पोष्ट लामाचौरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।

घर्ती मगरमाथि लागेको अभियोगका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ ।