June 18, 2026, Thursday
२०८३ असार ४ बिहीबार

रामअवतार रूपन्देही–४ बाट उम्मेदवार सिफारिस

Advertisement

भैरहवा– जनता समाजवादी पार्टी (जसपा) नेपाल, रामअवतार यादवलाई रुपन्देही क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि सिफारिस भएका छन् ।

Advertisement

जसपा नेपाल रुपन्देही अध्यक्ष सियाराम यादवका अनुसार रामअवतारलाई प्रत्येक्षतर्फ उम्मेदवार बनाउन पार्टीले एकल सिफारिस गरेको हो । आगामी फागुन २१ गते प्रतिनिधिसमा निर्वाचन हुँदैछ ।

रामअवतार जसपा नेपालको लुम्बिनी प्रदेश समितिका अध्यक्ष हुन् । २०७९ को निर्वाचनमा उनी रुपन्देही क्षेत्र नम्बर ४ (२) बाट प्रदेश सभा सदस्यको उम्मेदवार बनेर पराजित भएका थिए ।