लाेसपाद्वारा रूपन्देहीका तीन क्षेत्रबाट उम्मेदवार सिफारिस


भैरहवा- लाेकतान्त्रिक समाजवादी पार्टी नेपाल (लाेसपा), रूपन्देहीले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लाका तीन निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस गरेकाे छ ।
पार्टीका जिल्ला अध्यक्ष रविकुमार राैनियारका अनुसार रूपन्देहीको निर्वाचन क्षेत्र नम्बर ३, ४ र ५ बाट प्रत्येक्षतर्फ उम्मेदवार सिफारिस गरिएकाे हाे ।
जिल्ला अध्यक्ष राैनियारका अनुसार तीनवटै क्षेत्रबाट एक-एक जनाकाे नाम सिफारिस गरिएको छ । उनका अनुसार क्षेत्र नम्बर ३ बाट श्रीनिवास यादव, क्षेत्र नम्बर ४ बाट सर्वेन्द्रनाथ शुक्ला र क्षेत्र नम्बर पाँचबाट माेहम्मद इस्लामकाे नाम सिफारिस गरिएको छ ।
उनीहरुकाे नाम केन्द्रीय समितिमा सिफारिस गरिएको हाे । निर्वाचनको मिति नजिकिँदै जाँदा पछिल्लो सदय दलहरुले धमाधम उम्मेदवारकाे नाम सिफारिस गरिरहेका छन् ।








प्रतिकृया दिनुहोस्