गौतमबुद्ध विमानस्थलबाट गाँजासहित भारतीय नागरिक पक्राउ


भैरहवा- प्रहरीले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट लागूऔषध गाँजासहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विमानस्थल प्रहरीका अनुसार पक्राउ पर्नेमा भारतीय नागरिक ३६ वर्षीय रसिद भट्टियान छन् ।
उनकाे साथबाट पाँच किलो गाँजा बरामद भएको छ । प्रहरीका अनुसार थाइल्याण्डको बैंककबाट एयर एशियाको विमानमा भैरहवा आएका उनलाई सुरक्षा चेकजाँच गर्ने क्रममा पक्राउ गरिएको हो।
विमानस्थलको आगमन टर्मिनलबाट पक्राउ परेका उनलाई प्रहरी हिरासतमा राखेर आवश्यक अनुसन्धान अघि बढाइएको छ। आइतबार मध्यान्ह उक्त जहाज भैरहवा आएकाे थियाे।








प्रतिकृया दिनुहोस्