June 6, 2026, Saturday
२०८३ जेष्ठ २४ आईतवार

प्रत्यक्षतर्फ उमेदवारको नामावली पठाउन जसपा नेपालको निर्देशन

Advertisement

जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फका उमेदवारको नामावली पठाउन निर्देशन दिएको छ ।

Advertisement

पार्टी विधानको धारा ११७ उपधारा (३) मा व्यवस्था भएबमोजिम उमेदवारसम्बन्धी मापदण्ड र योग्यता पुग्ने व्यक्तिहरूमध्येबाट चयन गरी नामावली पठाउन प्रदेश र जिल्ला समितिलाई निर्देशन दिइएको प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

प्रत्येक प्रतिनिधिसभा क्षेत्रीय समितिको निर्णयसहित उमेदवारको नामावली संकलन गर्न भनिएको छ । त्यसरी संकलित नामावली रायसहित सात दिनभित्र अनिवार्य रूपले पार्टी केन्द्रीय कार्यालयमा आइपुग्ने गरी पठाउन बिहीबार (पुस १७) प्रदेश र जिल्ला समितिलाई निर्देशन दिइएको उनले बताए ।

उमेदवारमा सिफारिस व्यक्तिहरूको राजनीतिक पृष्ठभूमि र पार्टीमा पुर्‍याएको योगदान समेत उल्लेख गरी पठाउन भनिएको छ ।

उमेदवारको अन्तिम टुंगो भने पार्टी अध्यक्ष उपेन्द्र यादव संयोजकत्वको संघीय संसदीय बोर्डले गर्ने जनाइएको छ ।