June 12, 2026, Friday
२०८३ जेष्ठ २९ शुक्रबार

चितुवा आक्रमणको डरले बर्दियामा स्थानीय बासिन्दा त्रसित

Advertisement

भैरहवा–साढे पाँच महिनाको अवधिमा चितुवाको आक्रमणबाट ५ जनाको ज्यान गएपछि बर्दियामा चितुवाको आतँकबाट स्थानीय बासिन्दा त्रसित हुन थालेका छन् ।

Advertisement

वनमा घाँस दाउरा गर्न गएका माथि चितुवाले आक्रमण गर्दा साउन  महिना यता बिर्दया जिल्लामा ५ जनाको मृत्यु भएको हो । चितुवाको आक्रमणबाट बारबर्दिया, गुलरिया, मधुवन र राजापुर नगरपालिकाको गाउँ बढि त्रसित छन् ।

पछिल्लो पटक पुस ९ गते चितुवाको आक्रमणमा परि बारबर्दिया नगरपालिका–१० बैदीकी पार्वती डांगीको मृत्यु भएको थियो । डिभिजन वन कार्यालय र राष्ट्रिय प्रकृति संरक्षण कोषले समस्याग्रस्त चितुवा नियन्त्रणमा लिन ४ वटा केज राखे पनि नियन्त्रणमा लिन सकेको छैन ।

बारबर्दियामा मात्रै साउन यता चितुवाको आक्रमणमा परि ३ जनाको मृत्यु भएको छ । अन्य दुई जना चितुवाको आक्रमणमा परि गुलरिया नगरपालिकामा मृत्यु भएको छ । डेढ वर्षयता डिभिजन वन कार्यालय, बर्दियाले समस्याग्रस्त ३ वटा चितुवा नियन्त्रणमा लिएको छ ।

चितुवासँग भारतबाट आउने हात्ती र बाघको आतंकले पनि स्थानियवासीन्दा निकै त्रसित भएको राजापुर–१० का रविन्द्र खत्रीले बताए । चाँडोभन्दा चाँडो समस्याग्रस्त वन्यजन्तुलाई नियन्त्रणमा लिनु पर्ने भनाइ उनको छ । ‘पहिले वन्यजन्तुको त्रासले रातभर जाग्राम बस्थ्यौं । अहिले दिउँसै गाउँ घरमा पस्न थालेपछि ज्यान जोगाउन मुस्किल परेको छ’, उनले भने ।

बर्दिया वन कार्यालय आसपासमा अहिले चितुवाको आतंकले स्थानीय त्रसित भएका छन् । चितुवाका कारण खेत र घाँस काट्न वनमा जान पनि नसकेको राजापुर नगरपालिका–१० का विष्णु थारु बताउँछन् । चितुवाको संख्या विगत पाँच वर्षदेखि बढ्दै गएको छ ।

चितुवाको आक्रमणबाट बर्दियामा पाँच वर्ष यता १२ जनाको ज्यान चितुवाले लिइसकेको छ । बर्दियामा चितुवाको संख्या एकिन छैन । स्थानिय बस्तमिा उँखुबारी र वनमा प्रायः चितुवा भेटिन्छ ।

जिल्ला वन प्रमुख विजय राज सुवेदीले वन्यजन्तुको समस्या जटिल भएकोले अल्पकालीन र दीर्घकालीन कार्यक्रम गरिरहेको बताए । चेतना बढाउने, वन र आवादी बीचमा तारबार लगाउने र वनलाई जोगाउने, समस्याग्रस्त वन्यजन्तुलाई समातेर अन्यत्र राख्ने लगायत वन्यजन्तुको वासस्थानलाई सुधार गर्ने काम भइरहेको उनले जनाए ।