September 13, 2026, Sunday
२०८३ भाद्र २९ सोमबार

हालसम्म ५३ दलले बुझाए समानुपातिकको बन्दसूची

Advertisement

निर्वाचन आयोगमा ५३ राजनीतिक दलले समानुपातिकतर्फको बन्दसूची बुझाएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची बुझाएका हुन् । नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी लगायतका दलले समानुपातिक सूची बुझाएका छन् ।

Advertisement

नेपाल मजदुर किसान पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमोर्चा, जनप्रिय लोकतान्त्रिक पार्टी, नेपाल कम्युनिस्ट पार्टी माक्सवादी (पुष्पलाल), गतिशिल लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी नेपाल, समावेशी समाजवादी पार्टी, समावेशी समाजवादी पार्टी नेपालले सूची बुझाएका छन् ।

त्यस्तै, नेपाल जनता संरक्षण पार्टी, नागरिक शक्ति नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, उन्नत लोकतन्त्र पार्टीसहितले सूची बुझाएका आयोगले जनाएको छ ।