June 7, 2026, Sunday
२०८३ जेष्ठ २४ आईतवार

उत्कृष्ट न्यायाधीशलाई रूपन्देही बारद्वारा सम्मान

Advertisement

भैरहवा– नेपालभरका जिल्ला अदालतहरुमा कार्यरत न्यायाधीशहरुमध्ये कार्यसम्पादन मूल्यांकनमा रुपन्देही जिल्ला अदालतका न्यायाधीश उत्कृष्ट भई न्याय परिषदबाट सम्मानित भएका छन् । देरभरका ७७ वटा जिल्लाका २७० न्यायधीशहरुमध्ये रुपन्देही जिल्लाका १० जना न्यायधीशहरु उत्कृष्ट हुन सफल भएका हुन् ।

Advertisement

न्याय परिषदको मूल्यांकनमा यसवर्ष रुपन्देहीका जिल्ला न्यायाधीश अशोककुमार बस्नेत पहिलो नम्बरमा आएका छन् । नेपाल बार एशोसिएसनको ७० औं बार स्थापना दिवसको अवसरमा सोमबार रुपन्देही जिल्ला बार एशोसियशनले बार स्थापना दिवस कानुन चर्चा २०८२ पुस्तक विमोचन तथा रुपन्देहीमा आगन्तुक नयाँ न्यायाधीशहरुको स्वागत तथा सम्मान बधाई कार्यक्रम सम्पन्न गरेको छ ।

उच्च अदालत तुलसीपर बटवल इजलासका मुख्य न्यायाधीश बासुदेव आचार्यले रुपन्देही जिल्लाका न्यायाधीशहरु काम गरेरै उत्कृट भएको भन्दै प्रशंसा गरे । उनले भने, ‘काम गर्दा जस अपजस सबैं थेग्नपर्छ । मैले र नारायण सापकोटा श्रीमानले गरेको एक आदेश फैसलालाई सामाजिक सञ्जालहरुमा उचालेर एकलाख भन्दा बढी भियोर देखिएको छ । मेरो एवं नारायण श्रीमानको फोटो राखेर कमेन्ट समेत गरिएको छ ।’

सहकारी संस्थाको रकम अपचलन तथा संगठित अपराधमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्ने र धरौटीमा छोड्ने न्यायाधीशको आदेशहरु सामाजिक सञ्जालहरुमा वढ्ता भाइरल भइरहेका थिए । मुख्य न्यायाधीश आचार्यले नेता रविसँग अभियोगमा माग बमोजिमको झण्डै तीन करोड रुपैयाँ बराबरको विगो मूल्यको बैंक जमानत धरौटी लिई छोड्ने आदेश दिएपछि चर्चामा आएका छन् ।

रुपन्देही जिल्ला अदालत बार एशोसिएसनको वार्षिक मुखपत्र कानुनी चर्चा स्मारिका २०८२ को विमोचन समारोहका प्रमुख अतिथि समेत रहेका न्यायाधीश आचार्यले न्याय दिने पेशामा लागेका कानुन व्यवसायी एवं न्यायाधीश चुक्न नहुने कुरामा जोड दिए । उनले भने, ‘स्वच्छ मर्यादित र सम्मानजनक न्यायमा भरोसाको कमी हुन नदिन भदौं २३ र २४ को जेनजी आन्दोलनले पाठ सिकाएको छ । अब अदालतमा किन आगो लाग्यो भनेर खोजी तथा अनसुन्धान हुनपर्छ’, उनले भने ।

वि.सं २०२४ सालमा स्थापना भएको ऐतिहास जिल्ला अदालत रुपन्देही बारले विभिन्न आरोह अवोरह पार गर्दै स्वर्ण महोत्सव समेत मनाइसकेको छ । रुपन्देही बारका अध्यक्ष लय भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बरिष्ठ अधिवक्ता शिवप्रसाद गौडेल, नवआगन्तुक न्यायाधधीश रमेशकान्त अधिकारी, बारका उपाध्यक्ष मनोज चौधरीको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रमको संचालन सचिव केशव सिंह चौधरीले गरेका थिए ।