June 6, 2026, Saturday
२०८३ जेष्ठ २४ आईतवार

मदिरा व्यवसायी संघको अध्यक्षमा पोख्रेल

Advertisement

भैरहवा– मदिरा व्यवसायी संघ भैरहवा, रुपन्देहीको अध्यक्षमा यादव पोख्रेल चयन भएका छन् । भैरहवामा सम्पन्न संघको पाँचौं साधारण सभा तथा तेस्रो अधिवेशनले पोख्रेलको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । पोख्रेलले यसअघि संघको महासचिवको थिए ।

Advertisement

निर्वाचन अधिकृत खिमबहादुर खत्रीका अनुसार संघको वरिष्ठ उपाध्यक्षमा भागीरथ पाण्डे, उपाध्यक्षमा तेजबहादुर खत्री, महासचिवमा सुन्दर भण्डारी, सचिवमा बालकृष्ण आचार्य, कोषाध्यक्षमा बिनोद आचार्य र सह–कोषाध्यक्षमा प्रकाश पाण्डे निर्वाचित भएका छन् ।

यसैगरी सदस्यहरुमा पिताम्बर खनाल, रमेश धवल, उमानाथ पोखरेल, गंगाराम पराजुली, सुनिल यादव, चिरिञ्जवी भट्टराई, श्याम गिरी, दीपेन्द्र यादव र हेमराज पौडेल चयन भएका छन् ।