June 12, 2026, Friday
२०८३ जेष्ठ २९ शुक्रबार

रविलाई रिहा गर्ने निर्णय स्वागतयोग्यः डा.भट्टराई

Advertisement

पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले रास्वपा सभापति रवि लामिछानेलाई अदालतद्वारा सशर्त धरौटीमा रिहा गर्ने गरी मुद्दा अघि बढाउन गरिएको निर्णय विधिको शासन र राजनीतिक उपयुक्तता दुवै हिसाबले स्वागतयोग्य रहेको बताएका छन् ।

Advertisement

सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– ‘यसले वहाँलाई विधिसम्मत तरिकाले आफ्नो निष्ठा प्रमाणित गर्ने, जनताबिच गएर जनअनुमोदन प्राप्त गर्ने र सहकारी पीडितहरूले पनि आफ्नो गहिरो पीडाको सम्बोधन कानुनी रूपबाटै प्राप्त गर्ने मार्ग प्रशस्त गरेको छ।’

यस प्रकरणमा उडन्ते अनुमानबाजी र षड्यन्त्रको सिद्धान्तको पछि नलाग्न पनि उनले आग्रह गरेका छन् । उनले भने– ‘बहुदलीय लोकतन्त्र भनेको दलहरू र व्यक्तिहरू बिच स्वस्थ प्रतिस्पर्धा र आवश्यक सहकार्यको फ्युजन हो भन्ने नभुलौँ। प्रतिस्पर्धा गर्दा दुस्मन जस्तो गर्ने र सहकार्य गर्दा आफ्ना फरक फरक वैचारिक-राजनीतिक आस्था र प्रतिबद्धता बिर्सने गल्ती नगरौँ।’