June 7, 2026, Sunday
२०८३ जेष्ठ २४ आईतवार

रास्वपाद्वारा समानुपातिकतर्फ सातै प्रदेशका प्रारम्भिक उम्मेदवार सार्वजनिक

Advertisement

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत सातै प्रदेशका लागि आन्तरिक उम्मेदवार छनोट प्रक्रियामा परेका प्रारम्भिक उम्मेदवारको नामावली सार्वजनिक गरेको छ ।

Advertisement

पार्टीका अनुसार प्रदेशको पहिलो चरणको प्रारम्भिक उम्मेदवार सूचीमा समावेश उम्मेदवारसँग छलफल यही पौष ५ गते सातै प्रदेशमा हुनेछ।

उम्मेदवार छनोट रूपरेखा अनुसार पौष ६ र ७ गते सम्बन्धित प्रदेशमै घरदैलो कार्यक्रम सञ्चालन गरिने भएकाले सूचीमा समावेश उम्मेदवारलाई आवश्यक तयारी समयमै पूरा गर्न पार्टीले अनुरोध गरेको छ ।

यसैगरी, थप जानकारीका लागि सम्बन्धित प्रदेश सभापतिसँग सम्पर्क गर्न तथा कुनै कारणवश कसैको नाम सूचीमा छुटेको भए पनि प्रदेश सभापतिमार्फत जानकारी गराउन उम्मेदवार छनोट समितिले आग्रह गरेको छ ।

हेरौं यो लिंक को–को समेटिए ?

https://www.facebook.com/share/p/1BkzsbYkvE/