६ महिनामा चितुवा आक्रमणबाट बर्दियामा ४ को मृत्यु


बर्दिया– बर्दियामा चितुवा आतंक थामिएको छैन । लगातार आक्रमण गर्न थालेपछि सर्वसाधरण त्रसित छन् । चालु आर्थिक वर्षको साउनदेखि पुस २ गतेसम्म चितुवा आक्रमणबाट ४ जनाको मृत्यु भएको छ ।
बुधबार दिउँसो बारबर्दिया नगरपालिका–१० डफैयाका चितुवा आक्रमणबाट दिनेश थारुको मृत्यु भयो । त्यसअघि बारबर्दिया–११ कालावेलभार सामूदायिक वनमा मंसिर १२ गते घाँस काटिरहेको अवस्थामा चितुवाको आक्रमणमा गोपी थरुनीको मृत्यु भयो । साउन ३० गते गुलरिया–१२ भैसाहीमा चितुवाको आक्रमणमा जगत रानी थारुको मृत्यु भयो । गुलरिया–१२ टडुवामा गत भदौ २९ गते कविता मुक्तान पनि चितुवाको आक्रमणमा मृत्यु भएको डिभिजन वन कार्यालय, बर्दियाका वरिष्ठ वन अधिकृत गोपाल चौधरीले बताए । सोही अवधिमा सात जना चितुवा र एक जना पाटे बाघको आक्रमणमा घाइते भएको उनले जनाए ।
बर्दिया वन कार्यालय आसपासमा अहिले चितुवाको आतंकले स्थानीय त्रसिद भएका छन् । चितुवाका कारण खेत र घास काटन वनमा जान त्रसिद भएको बारबर्दिया–४ का राधेश्याम थारु बताउँछन् । वन कार्यालयले यस आवमा २ वटा चितुवालाई नियन्त्रणमा लिएको छ । गत अवमा एउटा चितुवा नियन्त्रणमा लिएको थियो । चितुवा नियन्त्रणमा लिए पनि खोर नहुँदा बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा छाडिएको छ ।
चितुवाका लागि खोर बर्दियामा नभएको बर्दिया निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत सरोजमणी पौडेलले बताए । नियन्त्रणमा लिएका चितुवा पुनः बर्दिया निकुञ्जमा छाड्नुपर्ने बाध्यता रहेको उनले जनाए । वनमा छाडिएका समस्याग्रस्त चितुवा पुनः बस्तीमा छिर्ने गरेकोले जोखिम बढदै गएको स्थानीय बताउँछन् । चितुवा नियन्त्रण लिने काम भए पनि यसको व्यवस्थापन गर्न चुनौती रहेको डिभिजन वन कार्यालयको छ ।








प्रतिकृया दिनुहोस्