उमेरहदको प्राबधान नराखिएकाले महाधिवेशनमा मतदान गरिनँः न्यौपाने


नेकपा एमालेका नेता मुकुन्द न्यौपानेले तीन महिनामै विधान संशोधन गरिएको र ७० वर्षे उमेरहदको प्राबधान नराखिएको भन्दै आफूले एमाले महाधिवेशनमा मतदान नगरेको बताएका छन् ।
“त्यतिको नेताले तीन महिनाअगाडि एउटा कुरा गर्ने, तीन महिनापछि अर्को कुरा गर्ने गरेको देखियो,” न्यौपानेले भने, “दुई कार्यकालभन्दा धेरै पदमा बस्न नपाइने प्राबधान खारेज गरियो । यस्तो बोलीको ठेगान नभएको मान्छेसँग बसेर कसरी देश विकास हुन्छ भनेर विश्वास गर्नु ?”
न्यौपानेसहित एमाले महाधिवेशनको मतदानमा ३६ जना प्रतिनिधिले मतदान नगरेको एमाले निर्वाचन आयोगले बताएको छ ।








प्रतिकृया दिनुहोस्