June 7, 2026, Sunday
२०८३ जेष्ठ २४ आईतवार

एमाले महाधिवेशनः प्रारम्भिक नतिजामा ओली अगाडि

Advertisement

नेकपा (एमाले) को ११औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणनाको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ।

Advertisement

काठमाडौंको भृकुटीमण्डपमा जारी मतगणनाको सुरुवाती नतिजा अनुसार अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले अग्रता बनाएका छन्।

प्राप्त पछिल्लो विवरण अनुसार, केपी शर्मा ओलीले १५७ मत प्राप्त गरेका छन् भने अर्का प्रत्यासी ईश्वर पोखरेलले ७४ मत पाएका छन्।

विद्युतीय मतदान मेसिनमार्फत गरिएको मतदानको गणना कार्य सुचारु रहेकाले केही घण्टाभित्रै अन्तिम परिणाम आउने अपेक्षा गरिएको छ।

महाधिवेशनमा २,२६३ प्रतिनिधिहरूले मतदान गरेका थिए।