June 6, 2026, Saturday
२०८३ जेष्ठ २४ आईतवार

एमाले महाधिवेशन– मतदान गर्न ओली र पोखरेललाई कति समय लाग्यो ?

Advertisement

नेकपा एमालेले नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेल प्रतिष्पर्धामा उत्रिएका छन् भने महासचिवमा शंकर पोखरेर र सुरेन्द्र पाण्डे प्रतिष्पर्धामा छन् ।

Advertisement

बिहान ८ बजेदेखि मतदान सुरु हुने भनिए पनि कम्तिमा पनि एक घण्टा ढिला गरी सुरु भएको थियो । अहिले प्राविधिकहरुले दिएको जानकारीअनुसार अध्यक्षका उमेदवारद्वयले मतदान गर्न कम्तिमा पनि ४० मिनेटजति खर्चिएका थिए ।

तर, अध्यक्षका उमेदवार ओलीलाई ५५ मिनेट लागेको निर्वाचन समिति स्रोतले जानकारी दिएको छ । निर्वाचन आयोगले दिएको जानकारीअनुसार समाचार तयार पार्दासम्म १६० जनाले मतदान गरिसकेका छन् ।

विद्युतीय मतदान गर्न सकिने व्यवस्था भए पनि उमेदवारको संख्या ठूलो भएका कारणले समय लाग्ने देखिएको हो ।