September 8, 2026, Tuesday
२०८३ भाद्र २३ मंगलवार

नेतृत्वले सन्तुलित भूमिका निर्वाह गर्नुपर्छः विष्णु पौडेल

Advertisement

नेकपा (एमाले) नेता विष्णुप्रसाद पौडेलले पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन नेतृत्वले सन्तुलित भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्। यति बेला एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको नेतृत्व छनौटको महत्त्वपूर्ण क्षणमा आइपुगेको उनले बताए ।

Advertisement

‘हामी यती बेला हाम्रो पार्टी नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको नेतृत्व छनौटको महत्त्वपूर्ण क्षणमा आइपुगेका छौँ,’ उन सामाजिक सञ्जालमा लेखेका छन्, ‘पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन हाम्रा नीति र कार्यक्रमहरू लाई बलियो, सशक्त, अनुशासित र गतिशील संगठन मार्फत जनतासँग जोडिन नेतृत्वले प्रभावकारी र सन्तुलित भूमिका निर्वाह गर्नु पर्दछ।’

साथै उनले आफूलाई उपाध्यक्ष पदमा उम्मेदवारी जिताउन आग्रह समेत गरेका छन् ।