वेवारिशे अवस्थामा महिलाको शव भेटियो


भैरहवा–सोमवार बिहान भैरहवामा एक बृद्ध महिलाको वेवारिशे अवस्थामा शव फेला परेको छ ।
शरिरको आधार भाग पानीमा डुबेको अवस्थामा ति महिलाको शव सोमवार बिहान करिव ८ बजेतिर फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी तथा सुचना अधिकारी सुरज कार्कीले जानकारी दिए ।
कार्कीका अनुसार, सिद्धार्थनगर नगरपालिका–३, दरखसवास्थित खाली जग्गामा जमेको पानीमा करिब करिव ७० बर्षिय बृद्ध महिलाको महिलाको शव भेटिएको हो । ‘७० बर्ष भन्दा बढि उमेरकी ति मपिहला मागेर जिविकोपार्जन गर्ने र मानसीक सन्तुलन पनि ठिक नभएको भन्ने कुरा सुन्नमा आएको छ’ कार्कीले भने ।
हालसम्म मृतको नाम, थर र ठेगाना खुल्न सकेको छैन । घटनाको प्रकृती, मृत्युको कारण र मृतक महिलाको पहिचान पत्ता लगाउन थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट विशेषज्ञ टोली खटिएको कार्कीले जनाए ।








प्रतिकृया दिनुहोस्