June 6, 2026, Saturday
२०८३ जेष्ठ २४ आईतवार

सडक दुर्घटनामा दुईजनाको मृत्यु

Advertisement

भैरहवा–हुलाकी राजमार्ग अन्र्तगत भैरहवा–परासी सडक खण्डमा पर्ने रुपन्देहीको रोहिणी गाउँपालिका–३, परासीझुमामा सोमवार भएको सडक दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।

Advertisement

जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका अनुसार, सडक किनारमा रोकिराखेको युपी एचआर ५५ डब्लु ०३०१ नम्बरको भारतीय ट्रकसँग परासीबाट भैरहवातर्फ आउँदै गरेको ग ११ प ८६२५ नम्बरको मोटरसाइकल बिहान करिव ६ बजेतिर ठोक्किएर दुर्घटना भएको थियो ।

उक्त दुर्घटनाबाट गम्भिर घाइते भएका मोटरसाइकलमा रहेका दुईजना यात्रुको उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीकी प्रमुख प्रहरी निरीक्षक प्रतिमा कार्कीले बताइन् ।

उनका अनुसार, मृत्यु हुनेमा रुपन्देहीको ओमसतिया गाउँपालिका –३ बरसरी बस्ने २१ बर्षिय राजु हरिजन र २३ बर्षिय रोहित यादव रहेका छन् । दुर्घटनाबाट गम्भिर घाइते भएका दुवैजनालाई तत्कालै उपचारकालागि भैरहवास्थित युनिभर्सल शिक्षण अस्पताल पुर्याइएको थियो ।

भारतीय ट्रक चालक भारत उत्तरप्रदेशस्थित सहारानपुर बस्ने ६० बर्षिय उमद गफर अलि सहित ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।