June 7, 2026, Sunday
२०८३ जेष्ठ २४ आईतवार

नौबस्ता बाल सुधारगृहका ४० जना बालबन्दी अझै फरार


भैरहवा–बाँकेको बैजनाथ गाउँपालिकास्थित नौबस्ता बाल सुधारगृहबाट जेनजी आन्दोलनका क्रममा भागेका ४० जना बालबन्दी अझै सम्पर्क बिहीन छन् । भागेकामध्ये अहिलेसम्म ३८ जनालाईमात्र पक्राउ गरिएको छ ।

Advertisement

फरार भएका बालबन्दीलगायत सबै प्रकारका कैदीबन्दीलाई बाल सुधारगृह र कारागारमा फर्किनका लागि गत असोज २० गतेसम्मको समय अवधि दिइएको थियो । उक्त अवधि सकिएको लामो समय बिते पनि अझै ४० जना बालबन्दी पक्राउ नपरेको नौबस्ता बाल सुधारगृहले जनाएको छ ।

Advertisement

नौबस्स्ता बाल सुधारगृहका प्रमुख श्यामबहादुर रानाले जेनजी आन्दोलनको क्रममा गत भदौ २४ गते राति प्रहरीसँग भिडन्त गरेर ७८ जना बालबन्दी भागेकोमा हालसम्म ३८ जना मात्र पक्राउ परेको जनाएका छन् । फरार रहेका ४० जना बालबन्दीको खोजी कार्य भइरहेको उनले बताए ।

नौबस्ता बालसुधार गृहबाट भाग्ने क्रममा प्रहरीसँगको भिडन्तामा प्रहरीको गोली लागेर अछामका २१ वर्षीय उमेश विष्ट, दाङका २० वर्षीय बिनेश घर्ती मगर, बाँकेका २० वर्षीय समीर थापा, दैलेखका २१ वर्षीय भूपेन्द्र खत्री र कैलालीका १९ वर्षीय जगत देउवाको मृत्यु भएको थियो । दुई जना घाइते भएका थिए ।