पोखरेल समूहबाट सुरेन्द्र पाण्डे महासचिवको उमेदवार


नेकपा (एमाले)को जारी ११औँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानल नै बनाएर प्रतिस्पर्धामा उत्रिने भएका छन् । यसका लागि अहिले दुवै पक्ष उमेदवार टुंगो लगाउने अन्तिम तयारीमा जुटेका छन् ।
संस्थापनइतरबाट अध्यक्षमा ईश्वर पोखरेल उमेदवार हुनेछन् । उनको प्यानलबाट महासचिवको उमेरवार सुरेन्द्र पाण्डे हुने टुंगो लागेको छ । गोकर्ण विष्ट र योगेश भट्टराई पनि महासचिवको आकांक्षी थिए । तर, गोकर्णलाई उपाध्यक्ष र योगेशलाई उपमहासचिवको उमेदवार बनाउने सहमति गर्दै संस्थापनइतरपक्षले महाचिवको उमेदवार टुंगो लगाएको हो ।
उपाध्यक्षमा गोकर्णसँगै परशुमेघी गुरुङ, विन्दा पाण्डे, अरुण नेपालले प्रतिस्पर्धा गर्नेछन् । उपाध्यक्ष्यमा एकजनाको नाम टुंगो लगाउन बाँकी छ ।
उपमहासचिवमा योगेश भट्टराई उमेदवार बन्नेछन् । बाँकी दुई उमेदवार कसलाई बनाउने छलफल भइरहेको स्रोतले जानकारी दिएको छ ।
सचिवमा रचना खड्का, कर्ण थापा, गोकुल बास्कोटा, विनोद ढकाल, कृष्णगोपाल श्रेष्ठ, ठाकुर गैर, इन्द्रलाल सापकोटा उठ्ने भउका छन् । बाँकी दुईजनामा कसलाई अघि सार्ने छलफल भइरहेको छ ।








प्रतिकृया दिनुहोस्