June 12, 2026, Friday
२०८३ जेष्ठ २९ शुक्रबार

पाल्पा–२ मा राना सहित पाँच जनाको नाम सिफारिस

 

Advertisement

Advertisement

भैरहवा–आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्बाचनका लागि नेपाली काँग्रेसले पाल्पाको निर्वाचन क्षेत्र नम्बर – २ मा वीरबहादुर रानासहित पाँच जनाको नाम सिफारिस गरेको छ । राना लुम्बिनी प्रदेशसभा सदस्य हुन् ।

क्षेत्रीय कमिटीले सबैको नाम जिल्लामा सिफारिस गरेको हो । रानासँगै पार्टी सभापति हिमालदत्त श्रेष्ठ, मीना पन्थी, कृष्णप्रसाद बस्याल र महेश्वरी कुँवरको नाम पनि सिफारिस गरिएको क्षेत्रीय सभापति मुक्तिराम जीसीले जनाएका छन् ।

हरेक निर्वाचन क्षेत्रबाट तीन जनाको नाम जिल्ला कमिटीमा सिफारिस गर्नु पर्ने भए तापनि आकांक्षीको संख्या बढी भएकाले सर्वसम्मतिमै पाँच जनाको नाम सिफारिस गरिएको हो । पाल्पा २ प्रतिनिधिसभा समानुपातिकतर्फ कांग्रेसका पूर्वजिल्ला सभापति राजन पन्त, जिल्ला सचिव सुनिता अधिकारी, मुस्लिम नेता जमिला मियाँ, नेतृ बसन्ती घिमिरे उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको छ ।

२०७९ सालमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पाल्पा–२ मा नेपाली कांग्रेसको उम्मेदवार थिएनन् । पाल्पा २ बाट प्रतिनिधिसभा सदस्यमा एमालेका ठाकुरप्रसाद गैरे निर्वाचित भएका थिए ।

प्रतिनिधिसभा सदस्य पाल्पा १, मा प्रत्यक्षतर्फ युवा नेता सन्दीप रानाको नाम सर्वसम्मत भएको छ ।