बर्दियाको गोलीकाण्ड घटनामा थप एकजना पक्राउ


भैरहवा–पाँच दिन अघि बर्दियाका निरज थारुको गोली प्रहारबाट हत्या गरिएको घटनामा प्रहरीले थप एकजनालाई कैलालीबाट पक्राउ गरेको छ ।
गोली प्रहारबाट घाइते भएका बर्दियाको राजापुर नगरपालिका–४ स्थित हमार थारु घर रेष्टुरेन्टमा कार्यरत २७ वर्षीय निरज चौधरीको गत आइतवार उपचारको क्रममा नेपालगञ्जस्थित शिक्षण अस्पतलामा मृत्यु भएको थियो ।
दाङ तुलसीपुर–६ का ५१ वर्षीय महावीर चौधरीलाई प्रहरीले बिहीबार कैलालीबाट पक्राउ गरेको हो । महावीरलाई प्रहरीले उक्त गोली काण्डका मुख्य आरोपी भएको आशंका गरेको छ । यसअघि सोधपुछका लागि राजापुर नगरपालिका–४ स्थित रहेको हमार थारू रेस्टुरेन्टकी सञ्चालक रामकुमारी चौधरी, बुद्धि चौधरी र राहुल चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
महावीरलाई कैलालीबाट पक्राउ गरि घटना वारे थप अनुशन्धान गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले गरेका छन् ।








प्रतिकृया दिनुहोस्