गुल्मीका नेता भण्डारी काँग्रेस केन्द्रीय सभापतिको उम्मेदवार


भैरहवा– गुल्मीबाट नेपाली कांग्रेसको केन्द्रीय राजनीति गर्दै आएका चन्द्र भण्डारी (चन्द्रकान्त)ले सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । लामो समयदेखि गुल्मीबाट प्रतिनिधित्व गर्दै भण्डारीले काँग्रेस राजनीति गर्छन् ।
बुधबार बिहान नेता भण्डारीले सामाजिक सञ्जाल फेसबुकमार्फत १५ औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
भण्डारीले ‘साथीहरूको जिज्ञासा मेरो धारणा’ भन्दै लेखेका छन्, ‘नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सभापति पदप्रति मेरो आकांक्षा स्पष्ट छ, दृष्टिकोण पनि उति नै निर्धारित । तर, देश जनता, प्रजातन्त्रको हित र सङ्गठनको आवश्यकता जहाँ उभिन्छ, त्यहीअनुसार शून्यदेखि सयसम्म—जसरी आवश्यक पर्छ, त्यस्तै रूपले अघि बढ्न तयार छु ।’ साथै उनले सुझाव, समयको माग र राजनीतिक बजारलाई सम्मान गर्दै कदम चाल्न पर्ने बताएका छन् ।
कांग्रेसको १५ औँ महाधिवेशन पुस २७ देखि २९ गतेसम्म काठमाडौँमा हुँदैछ । गुल्मीबाट एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई पराजित गरेर २०७९ मा भण्डारी सांसद भएका थिए । काँग्रेसको १४ औं महाधिवेशनमा उनी उपसभापतिमा पराजित भएका थिए ।








प्रतिकृया दिनुहोस्