June 7, 2026, Sunday
२०८३ जेष्ठ २४ आईतवार

चौधरी हत्या घटनामा तीनजना प्रहरी नियन्त्रणमा

Advertisement

भैरहवा–दुई दिन अघि हत्या गरिएका बर्दियाको राजापुर नगरपालिका–४ स्थित हमार थारु घर रेष्टुरेन्टमा कार्यरत २७ वर्षीय निरज चौधरीको घटनालाई लिएर अनुसन्धानका लागि प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।

Advertisement

गोली प्रहारबाट अचेत अवस्थामा फेला परेका चौधरीको गत आइतवार उपचारका क्रममा अस्पतलामा मृत्यु भएको थियो । आइतबार बिहान ८ बजे चाैधरी अचेत अवस्थामा थारु घर रेष्टुरेन्टमा फेला परेपछि नेपालगन्जस्थित शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले बताएका छन् ।

प्रहरीले चाैधरी मृत्यु भएको सम्बन्धमा तीन जनालाई पक्राउ गरि अनुसन्धान गरिरहेको छ । घटनाका मुख्य अभियोगी फरार रहेकोले खोजी कार्य भइरहेको छ । प्रहरीले थारु रेष्टुरेन्टमा सील गरेर अनुसन्धान गरिरहेको जनाएको छ । गोली हानी चौधरीको हत्या किन गरियो ? भन्ने बारेमा अहिलेसम्म प्रहरीले जानकारी दिएको छैन । उनको शव पोष्टमार्टम लागि नेपालगन्जमा राखिएको र रिपोर्ट आएपछि थप पुष्ट्याइँ हुने प्रहरीले बताएको छ ।

आफन्त भारतमा भएको र मंगलबारसम्म आइपुगेपछि पोष्टमार्टम गरिने कार्कीले जनाए । पक्राउ परेकाहरुको वारेमा पनि प्रहरीले केही खुलाएको छैन ।