September 8, 2026, Tuesday
२०८३ भाद्र २३ मंगलवार

दाङको लमहीमा होटल सञ्चालक मृत फेला

Advertisement

दाङ– दाङको लमहीमा एक होटल व्यवसायी मृत फेला परेका छन् । दाङ प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गदेखी दक्षिणतर्फ रहेको होटल अर्घाखाँची एण्ड लजका सञ्चालक ४५ वर्षीय केशवराज खनाल मृत फेला परेका हुन् ।

Advertisement

वडा प्रहरी कार्यालय लमहीका अनुसार आफू सुत्ने कोठामा खनाल मृत फेला परेका छन् । घटनास्थलमा प्रहरी पुगेको र अनुसन्धान चलिरहेको छ ।

खनालले आत्महत्या गरेको हुन सक्ने जनाइएको छ । यद्यपी घटनाबारे अनुसन्धान भइरहेकाले एकीन हुन सकेको छैन ।