ओलीको ‘कुटी’बारे शिक्षामन्त्री पुनको ठट्यौली स्टाटस– इन्जिनियरलाई कारबाही माग


शिक्षामन्त्री डा. महाविर पुनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका लागि बनाइन लागेको निवास (कुटी) को विषयलाई लिएर सामाजिक सञ्जालमा ठट्यौली पारामा टिप्पणी गरेका छन्।
उनले डिजाइनमा संलग्न इन्जिनियरलाई ‘सख्त कारबाही’ र ‘मानहानीको मुद्दा’ लगाउनुपर्ने भन्दै व्यङ्ग्य गरेका छन्।
सामाजिक सञ्जालमा उनले लेखेको स्टाटसमा अध्यक्ष ओलीको सन्दर्भ उल्लेख नगरी, एक हाकिम र इन्जिनियरको कथा जोडेर नक्सा डिजाइनको लापरवाहीप्रति कटाक्ष गरेका छन्।
मन्त्री पुनले लेखेका छन्, “यो नक्सा डिजाईन गर्ने इञ्जीनियरलाई सख्त कार्वाही गर्नु पर्छ । अनी घोर बेइजती तथा मानहानीको मुद्दा लगाउनु पर्छ भन्ने मेरो भाग छ। हाकिमले २ जना बस्ने कुटीको नक्सा बनाएर ल्याउ भने पछि यत्रो ठूलो दरवारको नक्सा बनाई दिनु हुन्छ त उसले । कहाँ सम्मको लापरवाही हो यो ? एक छिन रमाईलो।”
मन्त्री पुनको यो ‘ठट्यौली’ स्टाटस एमाले अध्यक्ष केपी शर्मा ओलीका लागि भक्तपुरको बालकोट नजिकै बन्न लागेको नयाँ निवासको डिजाइनलाई लक्षित गर्दै आएको हो।
चर्चामा आएको ओलीको प्रस्तावित निवासको डिजाइन भव्य र ठूलो आकारको रहेको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको सन्दर्भमा मन्त्री पुनले पनि यस विषयलाई उठाएका हुन्।








प्रतिकृया दिनुहोस्