June 7, 2026, Sunday
२०८३ जेष्ठ २४ आईतवार

सामूहिक खेलकुद महोत्सव, छात्रातर्फको क्रिकेटमा नेपाल नालन्दा र संजीवनी फाइनलमा

Advertisement

भैरहवा–सामूहिक विद्यालय परिवार, रुपन्देहीको भैरहवामा जारी ‘सामूहिक खेलकुद महोत्सव–२०८२’ अन्र्तगत शनिवार सम्पन्न छात्रा तर्फको क्रिकेट प्रतियोगितामा संजीवनी शिक्षा सदन फाइनलमा पुगेको छ ।

Advertisement

सिद्धार्थ क्रिकेट खेल मैदानमा सञ्चालित उक्त प्रतियोगितामा संजीवनी ८ विकेटले बिजयी भएको हो । ८ ओभरमा गराइएको उक्त प्रतिष्पर्धामा जीतका लागि पाएको २७ रनको लक्ष्यलाई संजीवनीले २ दशमलव १ ओभरमा पुरा गर्दै संजिवनी फाइनलमा पुगेको हो । प्लेयर अफ द म्याच संजीवनीकी प्रज्वलीका बस्याल भएकि थिइन् ।

छात्रा तर्फको क्रिकेटको उपाधिका लागि संजीवनी आउदो सोमवार नेपाल नालन्दा आवाशिय उच्च माविसँग प्रतिष्पर्धा गर्ने छ । नेपाल नालन्दा शुक्रवार नै युनिभर्शल इग्लिश बोर्डिङ स्कुललाई पराजित गर्दै फाइनलमा पुगेको थियो ।

शनिवार सामुहिक बिद्यालय परिवारको छात्रतर्फको अन्य पाँचवटा खेल सम्पन्न भएका छन् । सवै खेल ८ ओभरको खेलाइएका थिए । आदर्श बिद्या मन्दिर र युनिभर्सल पब्लिक स्कुल बिच भएको खेलमा ५ विकेटले आदर्श बिद्या बिजयी भएको छ । जीतका लागि आदर्शले पाएको ५९ रनको लक्ष्य पाएको थियो । आदर्शका दर्पण पराजुली प्लेयर अफ द म्याच भए ।

मनकामना ईग्लिस स्कुल र सिपी पब्लिक बिच भएको खेलमा २८ रनको बिजयी लक्ष्यलाई पुरा गर्दै मनकामना ८ विकेटले बिजयी भएको थियो । मनकामनाका समिप क्षेत्री प्लेयर अफ द म्याच भएका थिए । संजीवनी शिक्षा सदन र नमुना इग्लिस बोर्डिङ स्कुल बिच भएको प्रतिष्पर्धामा संजीवनी ७ विकेटले बिजयी भएको छ । संजीवनीका नवराज यादव प्लेयर अफ द म्याच भए ।

एभरग्रिन प्यासेफिक इग्लिस बोर्डिङ र एभरेष्ट इग्लिस बोर्डिङ स्कुल बिच भएको अर्को प्रपितष्पर्धामा ३ रनले एभरेष्ट बिजयी भएको छ । एभरेष्टका निरज प्लेयर अफ द म्याच भए । न्यु ईरा इग्लिस स्कुल र मिनर्वा इग्लिस बोर्डिङ स्कुल बिच भएको प्रतिष्पर्धामा ८ रनले न्यु ईरा बिजयी भएको छ । न्यु ईराका आर्यन कुर्मी प्लेयर अफ द म्याच भए ।

सामूहिक विद्यालय परिवारका अध्यक्ष समसाद इद्रिसीले क्रिकेट प्रतिथयोगिता अन्र्तगत बाँकी रहेका खेल आइतवार र फाइन खेल सोमवार सञ्चालन हुने जानकारी दिए ।