नागरिकको जीवनस्तरमा सुधार ल्याउन सक्ने विकास आजको आवश्यक्ताः राष्ट्रपति


राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकको जीवनस्तरमा सुधार र उनीहरूको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यक्ता भएको बताएका छन्।
ललितपुर महानगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन्। उनले नागरिको मुहारमा खुशी ल्याउन सेवा प्रवाहमा चुस्तता र सुशासन महत्वपूर्ण पक्ष रहेको बताए।
नयाँ पुस्ताको चाहना बुझेर राजनीतिक नेतृत्वले आफूलाई सोहीअनुसार रुपान्तरण गर्दै लैजान जरुरी रहेको पौडेलको भनाइ छ। नागरिकका चाहना पूरा गर्न विशेषतः स्थानीय सरकारले ध्यान दिनुपर्ने उनले बताए।








प्रतिकृया दिनुहोस्