June 7, 2026, Sunday
२०८३ जेष्ठ २४ आईतवार

सामूहिक विद्यालय परिवार रुपन्देहीको ‘सामूहिक खेलकुद महोत्सव–२०८२’ सुरु

Advertisement

भैरहवा–छात्रातर्फको क्रिकेट प्रतिष्पर्धा गराउदै सामूहिक विद्यालय परिवार, रुपन्देहीको ‘सामूहिक खेलकुद महोत्सव–२०८२’ शुक्रवारदेखि भैरहवामा सुरु भएको छ । भैरहवा र आसपास क्षेत्रमा संचालित निजी विद्यालयहरुको छाता संगठन सामूहिक विद्यालय परिवार, रुपन्देहीले बर्षेनी आयोजना गर्ने सामूहिक खेलकुद महोत्सव अन्र्तततको यो शृंखला २२ औं हो ।

Advertisement

भैरहवास्थित सिद्धार्थ क्रिकेट खेल मैदानमा सञ्चालित सञ्चालित सामूहिक क्रिकेट कप २०८२ अन्र्तगत छात्रातर्फको प्रतिष्पर्धामा आठ वटा बिद्यालयका टिम सहभागी थिए । सवै प्रतिष्पर्धा ८ ओभरमा गराइएको छ ।

नेपाल नालन्दा आवाशिय उच्च मावि र युनिभर्शल इग्लिश बोर्डिङ स्कुल बिच भएको उद्घाटन खेलमा नेपाल नालन्दाले बिजयी सुरुवात गर्दै पहिलो सेमीफाइनलमा समेत बजियी बनेको छ । उद्घाटन खेलमा प्लेयर अफ द म्याच नेपाल नालन्दाकी शुष्मा थारु भएकि छन् ।

संजिवनी बोर्डिङ स्कुल र लर्ड बुद्ध इग्लिश बोर्डिङ स्कुल बिच भएको दाश्रो खेलमा संजिवनी बोर्डिङ स्कुल बिजयी भएको थियो । संजिवनीकी सालिमा नेपाली प्लेयर अफ द म्याच भएकि छन् । सतिया इग्लिश बोर्डिङ स्कुल र न्य ईरा इग्लिश बोर्डिङ स्कुल बिच भएको तेस्रो खेलमा सतिया इग्लिश बोर्डिङ स्कुल बिजयी भएको छ । सतियाकी भारती हरिजन प्लेयर अफ द म्याच भइन ।

स्पाञ्जल इग्लिश बोर्डिङ स्कुल र आदर्श बिद्या मन्दिर बिच भएको चौथो खेलमा स्पाञ्जल इग्लिश बोर्डिङ स्कुल बिजयी भएको छ । स्पाञ्जलकी सुगन्धा चौहान प्लेयर अफ द म्याच भइन । नेपाल नालन्दा र स्प्राञ्जल बिच भएको पहिलो सेमी फाइनलमा नेपाल नालन्दा बिजयी भएको छ । नेपाल नालन्दाले १ सय ९ रना बनाएको थियो । स्पाञ्जल ५९ रन मैं सिमीत रह्यो । नेपाल नालन्दाकी शुष्मा थारु प्लेयर अफ द म्याच भइन ।

यसअघि रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापाले उक्त क्रिकेट प्रतियोगिताको उद्घाटन गरेका थिए । सामूहिक विद्यालय परिवारका अध्यक्ष समसाद इद्रिसीले विद्यार्थीहरुको शारिरीक र मानसिक विकासका लागि तथा उत्कृष्ट विद्यार्थीलाई स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा अवसर उपलब्ध गराउनका लागि यो खेलकुद महोत्सव आयोजना गरिएको बताए ।

निजी विद्यालयहरुमा आपसी सम्बन्ध कायम गर्न, विद्यार्थीहरुबीच बौद्धिक, शैक्षिक, सांस्कृतिक लगायत प्रतिस्पर्धालाई निखारता ल्याउन र सामाजिक उत्तरदायित्वलाई बढवा दिनकालागि पनि महोत्सव आयोजना गरिएको हो । उनका अनुसार खेलकुद महोत्सवमा १ हजार २ सय विद्यार्थीले विभिन्न विधामा प्रतिष्पर्धा गर्नेछन् ।

खेलका सबै बिधामा छात्र र छात्रातर्फ छुट्टाछुट्टै प्रतिष्पर्धा गराइने छ । महोत्सव अन्तर्गत मंसिर १९ देखि २२ गतेसम्म सिद्धार्थ रंगशालामा क्रिकेट प्रतियोगिता मंसिर २३ र २४ गते नेपाल नालन्दा आवासीय माविमा भलिबल प्रतियोगिता र मंसिर २७ देखि २९ गतेसम्म पक्लिहवा कृषि क्याम्पसको खेल मैदानमा एथलेटिक्स अन्तर्गका विभिन्न खेलकुद हुनेछन् ।