June 7, 2026, Sunday
२०८३ जेष्ठ २४ आईतवार

उज्यालो नेपालको योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले : पोखरेल

Advertisement

भैरहवा– कुलमान घिसिङको सहभागितामा घोषणा गरिएको उज्यालो नेपाल पार्टीप्रति लक्षित गर्दै नेकपा एमालेका महासचिव शंकर पोखरेलले कडा टिप्पणी सार्वजनिक गरेका छन् ।

Advertisement

पोखरेलले कसैको नाम नलिई भनेका छन्, ‘उज्यालो नेपालको योजना एउटाको भए पनि जस अर्कैले पाएका छन् ।’ उनले अनि पार्टी तेस्रोले खोलेको उनको भनाइ छ ।

उज्यालो नेपालको योजना जसको हो, उसैले श्रेय नपाएको उनको गुनासो छ । महासचिव पोखरेलले फेसबुकमा लेखेका छन्, ‘लोडसेडिङविरुद्ध उज्यालो नेपालको योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेश्रोले । जसको योजना उसैलाई श्रेयदिने कहिले रु’