June 6, 2026, Saturday
२०८३ जेष्ठ २४ आईतवार

इलिट, त्रिभुवन, होराइजन, एभेरेष्ट र जेन्टजोसेफ अघिल्लो चरण प्रवेश

Advertisement

बुटवल– बुटवलमा जारी दोस्रो क्यानन सेभेन ए साइड फुटबल प्रतियोगिता अन्तर्गत तेस्रो दिन ६ वटा खेलहरु भएका छन् । बुटवल–८ सुख्खानगरस्थित क्यानन माध्यामिक विद्यालयको आयोजनामा प्रतियोगिता भइरहेको हो । मंगलबारको पहिलो पहिलो खेलमा क्यानन मावि र इलिट इंगलिश बोर्डिङ स्कू्लको खेल बराबरी भएपछि ट्राइबेकर मार्फत इलिट बोर्डिङ विजयी भएको छ ।

Advertisement

यस्तै दोस्रो खेलमा सिद्धेश्वरी लालकुमारी माविलाई १–० ले हराउँदै त्रिभुवन चिल्ड्रेन्स एकेडेमि अगाडि बढेको छ । मंगलबार नै भएको तेस्रो खेलमा होराइजन इंगलिश बोर्डिङ स्कूलले ३–१ ले कान्ति माविलाई हराउँदै विजयी भएको छ । यस्तै चौथो खेलमा होराइजन जिबिएसले सैनामैना माविलाई ट्राइबेकरमा हराउँदै अगाडि बढेको छ । सिद्धेश्वरी खेल मैदानमा भएको पाँचौ खेलमा दुर्गा सेकेन्डरी स्कूललाई २–० गोल अन्तरले हराउँदै एभेरेष्ट उच्च मावि बुटवल विजयी भएको छ ।

यसैगरी अन्तिम तथा छैटौं खेलमा सेन्टजोसेफले मणिमुकुन्द स्कूललाई २–० गोलले हराउँदै अगाडि बढेको प्रतियोगिता संयोजक पवन बस्यालले जानकारी दिए । मंगलबारको खेलमा मिलन माबो, कृष्ण ओली, सोहन थापा, आजु सारु, दिपेन्द्रराज बुढा र हिमाल परियार म्यान आफदी म्याचका रुपमा पुरस्कृत भएको विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख मिनराज गिरीले जानकारी दिए ।

म्यान अफ दि म्याचलाई ५५५ रुपैयाँले पुरस्कृत गरिएको थियो । बुधबारदेखि पहिलो चरणको खेल सकिएर क्वाटर फाईनलका लागि दोस्रो चरणको खेल हुने उनले बताए । प्रतियोगिताको फाइनल आगामी १९ गते हुनेछ । प्रतियोगितामा विजेता टिमले ५५ हजार ५५५, उपविजेताले ३३ हजार ३३३, उत्कृष्ट खेलाडीले ३ हजार रुपैयाँबाट पुरस्कार गरिने विद्यालयका प्राचार्य शंकर भण्डारीले बताए । गत वर्ष स्कलर्स होम बोर्डिङ स्कूलले उपाधि चुमेको थियो भने नविन औद्योगिक कदरबहादुर रीता मावि उपविजेता बनेको थियो ।