June 6, 2026, Saturday
२०८३ जेष्ठ २४ आईतवार

नयाँगाउँ, क्यानन, बुद्ध पब्लिक र मणिमुकुन्द विजयी

Advertisement

बुटवल– रुपन्देहीको बुटवल–८, सुख्खानगरस्थित क्यानन माध्यामिक विद्यालयको आयोजनामा जारी दोस्रो क्यानन सेभेन ए साइड फुटबल प्रतियोगितामा दोस्रो दिन सोमबार पनि ६ वटा खेलहरु भएका छन् । सोमबारको पहिलो खेलमा सैनामैना माविले नयाँगाउँ माविलाई २–० ले हराउँदै विजयी भएको छ । सैनामैनाका मिलन केसी र सुबास नेपालीले १–१ गोल गरेका थिए । यसैगरी दोस्रो खेलमा केरवानी मावि प्रतिस्पर्धामा नआएपछि आयोजक क्यानन मावि ‘सि’ वाकओभर पाएर अघिल्लो चरणमा पुगेको छ । सिदेश्वर खेल मैदानमा भइरहेको खेलको तेस्रो खेलमा भने देवदह बुद्ध पब्लिक स्कूल विजयी भएको छ ।

Advertisement

देवदह बुद्ध पब्लिकले न्यू इन्भामेन्टलाई २–० ले पराजित गरेको हो । यसैगरी चौथो खेलमा मणिमुकुन्दले ग्रिन प्लान्टलाई ३–० गोल अन्तरले हराउँदै विजयी भएको छ । मणिमुकुन्दका विविश गाहा, सुजन जिसि, सागर थापाले गोल गरेका थिए । यसैगरी दिँउसो ३ बजेपछि भएको खेलमा होराईजन होराइजन इङ्गलिस बोर्डिङले शनसाइन भैरहवालाई २–० गोलले पराजित गरेको छ । होराइजन इङ्गलिस बोर्डिङ स्कूलका सुजल बराल र सन्तोष कार्कीले गोल गरेको खेल संयोजक पवन बस्यालले जानकारी दिए ।

यसैगरी अन्तिम खेलमा आयोजक क्यानन मावि र होराइजन जिबिएसले निर्धारित समयमा २–२ को बराबरी खेल गरेपछि खेल ट्राइबेकरमा धकेलियो । ट्राइबेकरमा होराइजन जिबिएसले विजयी हुँदै अघिल्लो चरणमा प्रवेश गरेको छ । सोमबार भएका ६ खेलबाट सन्तोष कार्की, विवश गाहा, सन्देश गुरुङ र सुबास नेपाली म्यान अफ द म्याच भएको विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख मिनराज गिरीले जानकारी दिए । । म्यान अफ दिन म्याचलाई ५५५ रुपैयाँले पुरस्कृत गरिएको थियो । मंगलबार पनि ६ वटा विद्यालयका विचमा प्रतिस्पर्धा हुनेछ ।

रुपन्देहीका सामुदायिक तथा संस्थागत विद्यालयका विचमा भएको प्रतिस्पर्धाले विद्यालय तहबाटै खेलकुदको विकासमा उर्जा थपेको विद्यालयका प्राचार्य शंकर भण्डारीले बताए ।
१९ गतेसम्म चल्ने प्रतियोगितामा विजेता टिमले ५५ हजार ५५५, उपविजेताले ३३ हजार ३३३, उत्कृष्ट खेलाडीले ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।