June 7, 2026, Sunday
२०८३ जेष्ठ २४ आईतवार

भरुवा बन्दुसहित एकजना पक्राउ

Advertisement

पाल्पा– जिल्ला प्रहरी कार्यालय, पाल्पाले भरुवा बन्दुकसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्पा तानसेन नगरपालिका वडा नम्बर १३ केरवादी बस्ने ६४ वर्षीय शालिकराम रेश्मी रहेको प्रहरीले जनाएको छ ।

Advertisement

रेश्मीले आफ्नो घरमा अवैध हतियार लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक सहितको टोली खटिएको थियो । प्रहरीले रेश्मीको घर खानतलासी गर्ने क्रममा कोठामा लुकाई छिपाई राखेको अवस्थामा अवैध बन्दुक फेला पारेको हो ।

पाल्पा प्रहरीका सूचना अधिकारी होमबहादुर चौधरीले रेश्मीको घरबाट एकनाले भरुवा बन्दुक बरामद गरिएको छ । प्रहरीले रेश्मी समेतलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।