June 7, 2026, Sunday
२०८३ जेष्ठ २४ आईतवार

चितुवाको आक्रमणबाट बर्दियामा एक महिलाको मृत्यु

Advertisement

भैरहवा–घाँस काट्ने क्रममा चितुवाको आक्रमणबाट बर्दियामा एक महिलाको मृत्यु भएको छ । दुईजना महिलाले भने भागेर ज्यान बचाएका छन् ।

Advertisement

बर्दियाको बारबर्दिया नगरपालिका–११ स्थित काला बेलभार सामुदायिक वनमा शुक्रबार यो घटना घटेको हो । उक्त बनमा घाँस काट्ने क्रममा स्थानिय ५९ वर्षीय गोपी थारुको मृत्यु भएको डिभिजन वन कार्यालय बर्दियाका वरिष्ठ वन अधिकृत गोपाल चौधरीले जनाएका छन् ।

सङगै रहेका स्थानिय महिला ईन्दिरा र मनिषा दहितले भने भागेर ज्यान बचाएका छन् । चितुवाको आक्रमणबाट जोगिन भाग्ने क्रममा उनिहरु घाइते भएका छन् । नगर अस्पताल बारबर्दियामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका बर्दियाले जनाएको छ ।

चितुवालाई नियन्त्रणमा लिन खोर (केज) सहित प्रहरी, वनकर्मी पठाएको वरिष्ठ वन अधिकृत चौधरीले बताए ।