June 7, 2026, Sunday
२०८३ जेष्ठ २४ आईतवार

मंसिर १७ गते उज्यालो नेपालको घोषणासभा, कुलमान प्रमुख अतिथि !

Advertisement

उज्यालो नेपाल पार्टीले मंसिर १७ गते पार्टीको घोषणासभा आयोजना गर्ने भएको छ । काठमाडौंमा शुक्रबार पत्रकार सम्मेलनमार्फत उक्त पार्टीले मंसिर १७ गते पार्टी घोषणासभा आयोजना गर्ने जानकारी दिएको हो ।

Advertisement

“उक्त घोषणासभा २०८२ मंसिर १७ गते प्रज्ञा भवन, कमलादी, काठमाडौंमा आयोजना गरिनेछ । कार्यक्रममा वृहत जनसहभागीता रहने अपेक्षा राखिएको छ,” पार्टी प्रवक्ता राजु थापाले भने, “सुरक्षा, सवारी तथा भीड व्यवस्थापनका तयारीहरू लगभग अन्तिम चरणमा पुगेका छन् ।” कार्यक्रमका प्रमुख अतिथि मन्त्रीसमेत रहेका कुलमान घिसिङ हुने थापाले बताए ।

‘उज्यालो भविष्यका लागि, उज्यालो नेपाल’ मूल नाराले देशको राजनीतिक, आर्थिक र सामाजिक रूपान्तरणलाई एउटै साझा राष्ट्रिय लक्ष्यका रूपमा प्रतिविम्बित गर्ने पार्टी प्रवक्ता राजु थापाले बताए ।

पार्टी घोषणासभामा उज्यालो नेपाल पार्टीको दीर्घकालीन दृष्टि, मूल उद्देश्य र विस्तृत घोषणापत्र–२०८२, औपचारिक रूपमा सार्वजनिक गरिनेछ, जसमा पार्टीको सैद्वान्तिक दृष्टिकोण, प्राथमिकता र कार्ययोजना प्रस्तुत गरिनेछ ।

दलमा आवद्ध हुन चाहनेले आवेदन दिन पनि उज्यालो पार्टी नेपालले आह्वान गरेको छ ।