नेपाली कम्युष्ट पार्टीको लुम्बिनी संसदीय दलको नेतामा जोखबहादुर


भैरहवा–नेपाली कम्युष्ट पार्टीको लुम्बिनी संसदीय दलको नेतामा जोखबहादुर महरा चयन भएका छन । नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टीसहित १२ दल एकीकरण भएपछि नेपाली कम्युष्ट पार्टी बनेको हो ।
एकीकरण पछि लुम्बिनीमा बसेको पहिलो संयुक्त बैठकले लुम्बिनी प्रदेशसभामा संसदीय दलका नेता र प्रमुख सचेतक र सचेतक चयन गरिएको छ । नेपाली कम्युनिष्ट पार्टीका नेता एवम् संसदीय दलका प्रमुख सचेतक इन्द्रजीत थारुले प्रदेश सभामा संसदीय दलको नेता, प्रमुख सचेतक र सचेतकको चयन गरिएको जनाएका छन् ।
उनका अनुसार, दलको नेतामा तत्कालिन नेकपा माओवादी केन्द्रीका संसदीय दलका नेता समेत रहेका जोखबहादुर महरा, प्रमुख सचेतकमा इन्द्रजीत थारु र सचेतकमा नेकपा एकीकृत समाजवादीकी भगवती अधिकारीलाई जिम्मेवारी दिएको छ ।
लुम्बिनी प्रदेश सभामा तत्कालीन नेकपा माओवादी केन्द्रबाट सभामुखसहित ११ र नेकपा एकीकृत समाजवादीबाट एक सांसद थिए । केन्द्र र समाजवादी पार्टी एकीकरण भए पछि लुम्बिनी प्रदेश सभामा नेपाली कम्युनिष्ट पार्टीको १२ सांसदसहित प्रदेश सभाको तेस्रो शक्तिको रुपमा छ ।








प्रतिकृया दिनुहोस्