June 18, 2026, Thursday
२०८३ असार ४ बिहीबार

दश महिनामा १५ हजार बिदेशीद्धारा रामग्राम स्तुप अवलोकन

Advertisement

परासी– गौतम बुद्धको अस्तुधातु रहेको पश्चिम नवलपरासीस्थित रामग्राम स्तुपमा बिदेशी पर्यटकको आकर्षण बढ्दै गएको छ । पछिल्लो समय उक्त स्तुपा अवलोकनका लागि पुग्ने विदेशी पर्यटकको संख्या बढिरहेको छ । पछिल्लो १० महिनामा १५ हजार ३८ जना बिदेशी पर्यटकले भ्रमण गरेका छन् ।

Advertisement

बौद्धमार्गीको लागि महत्वपूर्ण धार्मिकस्थल मानिने स्तुपमा अहिले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढेको छ । सन् २०२५ जनवरीदेखि अक्टोबरसम्म सबैभन्दा बढी थाइल्यान्डबाट ६ हजार ६ सय ६८ र सबैभन्दा कम फ्रान्सबाट १ जनाले भ्रमण गरेको रामग्राम विकास परिषद्ले जनएको छ । यो अबधिमा बौद्धमार्गीको बाहुल्यता रहेको मुलुक चीनबाट २ हजार ३ सय २७, म्यानमारबाट १ हजार २ सय ६०, भियतनामबाट १ हजार २ सय १४, दक्षिण कोरियाबाट ७ सय ९६ , भुटानबाट ३ सय ५८ धार्मिक पर्यटक आएका छन् ।

सन् २०२५ जनवरीबाट ऐतिहासिक रामग्राम स्तुपमा आउने बह्य पर्यटकको तथ्यांक राख्न सुरु गरिएको रामग्राम नगरपालिका प्रमुख एवम् रामग्राम विकास परिषद्का अध्यक्ष धनपत यादवले बताए । नगरपालिकाले स्तुपाको प्रचारप्रसार र विकास निर्माणको योजना बनाउन परिषद् गठन गरेर पछि पर्यटकीय गतिविधि पनि बढेको यादवले बताए ।