उद्योग दिवसमा भैरहवामा अन्तरक्रिया


भैरहवा– ११ औँ उद्योग दिवसका अवसरमा भैरहवामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, घरेलु तथा साना उद्योग कार्यालयको आयोजनामा र सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको समन्वयमा मंगलबार भैरहवामा सरोकारवालाहरूबीच अन्तक्र्रिया भएको हो ।
कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले उद्योगी व्यवसायीहरूको तर्फबाट ‘उद्योग क्षेत्रको वर्तमान अवस्था, समस्या तथा सरकारप्रति अपेक्षा’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।
आचार्यले अहिलेको औद्योगिक अवस्थाबारे विस्तृत विवरण प्रस्तुत गर्दै औद्योगिक गतिविधि र लगानीको स्थिति, आयात–निर्यातको प्रवाह तथा समग्र व्यवसायिक वातावरणका विषयहरू उठाए । उद्योगीहरूले भोगिरहेको प्रमुख समस्यामध्ये ऊर्जा तथा विद्युत आपूर्ति व्यवधान, कर र भन्सारसम्बन्धी जटिलता, श्रम तथा मानव संशाधन अभाव, वित्तीय कठिनाइ, प्रशासनिक झन्झट तथा विभिन्न अनुमति प्रक्रियाको जटिलता, सुरक्षा चुनौती रहेको जनाउँदै यी समस्या समाधान गर्नुपर्नेमा अध्यक्ष आचार्यले जोड दिए ।
उनले व्यवसायमैत्री वातावरण निर्माण गर्न सबैले हातेमालो गरेर अघि बढ्नुपर्नेमा जोड दिए । कार्यक्रममा जिल्ला समन्वय समिति सभापति उमाकान्त चपाई, उद्योग बाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय भैरहवाका निमित्त निर्देशक पुष्पराज पाण्डे, प्रमुख, घरेलु तथा साना उद्योग कार्यालय प्रमुख शारदा भट्टराई, नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्मा लगायतले बोल्दै दिवस दिवसमै सीमित हुन नहुने जनाउँदै व्यवसायिक वातावरण बनाउन सबै मिलेर काम गर्नुपर्ने जनाए । उनीहरुले अप्ठ्याराहरु सामाधान गर्दै निजी क्षेत्रको मनोबल उकास्नुपर्नेमा जोड दिए ।








प्रतिकृया दिनुहोस्