वडाध्यक्ष कपको उपाधि भवानीपथलाई


भैरहवा— सिद्धार्थनगर नगरपालिकाको वडा नम्बर ४ द्वारा आयोजित चौथो वडाध्यक्ष टेनिस बल क्रिकेट प्रतियोगिताको उपाधि भवानीपथ टोलले हात पारेको छ । सोमबार भएको फाइनलमा दोगहरा वारियर्सलाई पराजित गर्दै उसले उपाधि हात पारेको हो ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको फाइनलमा टस हारेर ब्याटिङ गरेको भवानीपथले उत्कृष्ट प्रदर्शन गर्दै ९४ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत ग¥यो । जवाफमा दोगहरा वारियर्सले सुरुआत राम्रो गरे पनि मध्य ओभरमा लगातार विकेट गुमाउँदै ८७ रनमै सीमित भयो र १ विकेटले पराजित हुन पुग्यो ।
भवानीपथ टोलका देवनारायण थारुले प्रभावकारी बलिङ गर्दै ३ विकेट लिए । उनी म्यान अफ द म्याच घोषित भए । उता, दोगहरा वारियर्सका गणेश धोबीले प्रतियोगिताभरि उत्कृष्ट प्रदर्शन गर्दै ९ विकेट लिई बेस्ट बलर तथा प्लेयर अफ द सिरिज बन्न सफल भए ।
सिद्धार्थनगर ४ द्वारा आयोजित प्रतियोगितामाको विजेता टिमले नगद ४१ र ट्रफी हात पार्दा उपविजेतामा चित्त बुझाएको दोगहराले ३१ हजार र ट्रफी प्राप्त गर्यो । पुरस्कार वितरण गर्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले क्रिकेट खेल सम्भावना बोकेको खेल भएको बताए ।
यस्ता प्रतियोगिताले युवाहरूको क्षमता उजागर गर्नुका साथै खेलकुदमा अनुशासन, एकता र सकारात्मक ऊर्जा विकास गर्न ठूलो भूमिका खेल्ने जनाए । वडा नम्बर ४ का वडाध्यक्ष मुक्तिनाथ यादव हरेक वर्ष यस्ता खेलहरू आयोजना गरिरहने प्रतिबद्धता व्यक्त गरे ।








प्रतिकृया दिनुहोस्