मयुर बचत सहकारी संस्थाद्वारा रक्तदान, २६ प्वाइन्ट रक्त संकलन


भैरहवा– मयुर बचत तथा ऋण सहकारी संस्था, सिद्धार्थनगर भैरहवाले खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल रेडक्रस सोसाइटी, रुपन्देहीको प्राविधिक सहयोगमा भएको रक्तदानमा २६ प्वाइन्ट रक्त संकलन भएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख नेपाल रेडक्रस सोसाइटी, रुपन्देहीका उपसभापति तथा रक्तसञ्चार सेवा समिति, रुपन्देहीका संयोजक सुशील गुरुङ्गले सहकारी संस्थाहरु छरिएर रहेको बचतलाई उत्पादकत्वमा योगदान दिएर राष्ट्र निर्माणमा नै टेवा पुर्याएको बताए । उनले अब रक्तदान जस्तो पवित्र कार्यलाई निरन्तरता दिइ रगतको अभाव हुन नदिएर विरामीको ज्यान जोगाउने कार्यमा पनि अग्रसर हुनुपर्नेमा जोड दिए ।
संस्थाका अध्यक्ष तथा सिद्धार्थनगर–३ का निवर्तमान वडाध्यक्ष थानेश्वर पौडेलले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान गरिएको जनाए । सहकारीले सानासान बचतहरु संकलन गरेर आमनागरिकमा बच गर्ने बानीको विकास गरिएको बताए । अन्य सहकारी जस्तो यो सहकारी कुनै समस्या नभएको उनको भनाई छ ।
कार्यक्रममा उत्कृष्ट लुम्बिनी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष खिमबहादुर कार्की, संस्थाका संस्थापक अध्यक्ष कृष्णप्रसाद भण्डारी, निवर्तमान अध्यक्ष दीपक कुँवर, लेखा संयोजक गणेशप्रसाद बेल्बासे, राजकुमार कुँवर, व्यवस्थापक मञ्जु पाण्डे लगायतको सहभागिता थियो । कार्यक्रम उपाध्यक्ष लेखनाथ भण्डारीकोे स्वागत तथा सचिव सविना अर्यालको संचालनमा सम्पन्न भएको थियो ।








प्रतिकृया दिनुहोस्