रूपन्देहीबाट कतिले गरे मतदाता नामावलीमा नाम दर्ता ?


भैरहवा– रुपन्देहीमा मतदाता नामावलीमा नाम दर्ता गर्नेहरु उल्लेख्य रहेको पाइएको छ । असोज १० देखि मंसिर ५ गतेसम्म संचालन भएको मतदाता नामावली संकलनका क्रममा उल्लेख्य रुपमा मतदाता नामावलीमा नाम दर्ता भएको जिल्ला निर्वाचन कार्यालय, रुपन्देहीले जनाएको छ ।
जिल्ला निर्वाचन अधिकारी कल्पना अर्यालका अनुसार तोकिएको अवधिमा कार्यालयमा आएर १२ हजार २ सय ८ जनाले नाम दर्ता गराएका छन् । यसमा पुरुष ६ हजार ८ सय ४३ र महिला ५ हजार ३ सय ६५ रहेको कार्यालयले जनाएको छ । नामावली दर्ता गराउनेमा युवापुस्ता अधिक मात्रामा रहेको अर्यालले जानकारी दिइन् ।
उनका अनुसार राष्ट्रिय परिचयपत्रमार्फत १७ हजार ६ सय ३४ जनाले नाम दर्ता गरेका छन् । जेनजी आन्दोलन पछि नयाँ सरकार बनेर आगामी फागुनमा निर्वाचन गर्ने निर्णय गरेको छ । सोहीअनुसार निर्वाचन आयोगले असोज १० गतेदेखि मतदाता नामावली दर्ता र अद्यावधिक सुरु गरेको थियो ।
नयाँ मतदाता नामावली दर्ता गर्नेले आफू नजिकको जुनसुकै जिल्ला निर्वाचन कार्यालयबाट नाम दर्ता गर्न सक्ने व्यवस्था भएकाले रुपन्देहीमा अधिक मात्रामा नामावली दर्ता भएको हो । रूपन्देहीका यसअघि ६ लाख ४४ हजार ३ सय ५६ मतदाता थिए । जसमा पुरुष ३ लाख ३० हजार ७ सय ४१, महिला ३ लाअ १३ हजार ६ सय ७ र अन्य ८ जना थिए ।








प्रतिकृया दिनुहोस्