June 6, 2026, Saturday
२०८३ जेष्ठ २४ आईतवार

पुस २६ मा सिद्धार्थ उद्योग बाणिज्य संघको साधारणसभा

Advertisement

भैरहवा– यहाँस्थित सिद्धार्थ उद्योग वाणिज्य संघको ६७ औं वार्षिक साधारण सभा आगामी पुस महिनामा हुने भएको छ । उद्योग बाणिज्य संघका अनुसार आउँदो पुस २६ गते साधारण सभा गर्ने मिति तय गरिएको हो ।

Advertisement

संघको साधारण सभा आगामी पुस २६ गते शनिबारका दिन गर्ने निर्णय भएको अध्यक्ष नेत्र प्रसाद आचार्यले जानकारी । उनले साधारण सभाका लागि सबैलाई आआफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गरे ।

संघका महासचिव कृष्णप्रसाद घिमिरेले आइतबार सूचना जारी गर्दै सम्पूर्ण सदस्यहरुलाई सदस्यता नविकरण गर्न अनुरोध समेत गरेका छन् । २०११ सालमा स्थापना भएको संघमा दुई हजार बढी सदस्य छन् । संघले निजी क्षेत्रको हकहीतसँगै विभिन्न समाजिक काम समेत गर्दै आएको छ ।