June 6, 2026, Saturday
२०८३ जेष्ठ २४ आईतवार

लखनउमा भएको कराँते च्याम्पियनसिपमा रूपन्देहीको सगरमाथा डोजो उपविजेता

Advertisement

भैरहवा– भारतको लखनउमा सम्पन्न दोस्रो अन्तर्राष्ट्रिय ओपन कराँते च्याम्पियनसिप–२०२५ मा रुपन्देहीबाट सहभागी कराँते खेलाडीको समूह उपविजेता बन्न सफल भएको छ । जापान यामाबुकी सितेरिया कराँते डोजाङ संघ भारतको आयोजनामा यही नोभेम्बर २२ र २३ मा लखनउमा प्रतियोगिता भएको थियो ।

Advertisement

प्रतियोगितामा भारतका ८ प्रदेश र नेपालको रुपन्देहीको मायादेवीस्थित सगरमाथा डोजो सहाभागी थिए । नेपालबाट सहभागी सगरमाथा डोजोले विभिन्न तौल समूहमा स्पर्धा गर्दै स्वर्ण, रजत र काँस्यपदक जित्दै समग्रमा उपविजेता बन्न सफल भएको हो । सरगरमाथा डोजोका मुख्य प्रशिक्षक आसिश कुर्मीले उपविजेता बनेपछि आफूहरुमा हौसला मिलेको जनाए । उनले तौल समूहमा खेलाडीहरुले उत्कृष्ट खेल कौशल देखाएको जनाए ।

सगरमाथा डोजोबाट जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका र मायादेवी गाउँपालिकाका ८ जना छात्रा विद्यार्थीहरु प्रतियोगितामा सहभागी भएका थिए । प्रशिक्षक कुर्मीका अनुसार प्रतीक्षा कुर्मीले ४० केजी तौल समूहमा गोल्ड जितेर विजेता बनेकी छन् । यस्तै, आशिका कुर्मी ४० केजीमा दोस्रो, करिश्मा यादव ४५ केजी समूहमा दोस्रो र सुष्मा मौर्य ४५ केजी समूहमा दोस्रो स्थान हासिल गर्न सफल भएका छन् ।

यस्तै, ५० केजी तौल समूहमा सलोनी धवल दोस्रो, शिवानी धवल ४० केजी समूहमा तेस्रो, सुन्दरी कुर्मी ४५ केजी समूहमा तेस्रो र खुश्बु हरिजन ४० केजी समूहमा तेस्रो भएकी थिइन् । उपविजेता बनेर स्वदेश फर्किएका कराँते खेलाडी र प्रशिक्षकलाई आइतबार मायादेवी गाउँपालिकाले सम्मान गरेको छ । वडा नम्बर ७ का वडाध्यक्ष तथा पालिकाका प्रवक्ता शैलेन्द्रकुमार पाण्डे, खेलकुद शाखा प्रमुख लगायतले खेलाडीहरुलाई टीका र खादा लगाएर सम्मान गरेका हुन् ।