June 12, 2026, Friday
२०८३ जेष्ठ २९ शुक्रबार

उज्यालो नेपाल पार्टीले डा.राजु थापालाई तोक्यो प्रवक्ता

Advertisement

भैरहवा– डा.राजु थापालाई उज्यालो नेपाल पार्टीले प्रवक्ताको जिम्मेवारी दिएको छ । उक्त पार्टीले हालै निर्वाचन आयोगबाट आधिकारिता प्राप्त गरेको छ । पार्टीको नेतृत्वमा पूर्वउर्जासचिव अनुपकुमार उपाध्याय छन् । केन्द्रीय समिति ५१ सदस्यीय छ । यो पार्टीले चुनाव चिह्न बलेको चिम लिएको छ ।

Advertisement

दल दर्तासँगै पार्टीले बृहत घोषणासभाको तयारी गरिरहेको छ । केन्द्रीय सदस्य इन्जिनियर डा. शंकर ढकाल नेतृत्वमा घोषणापत्रलाई अन्तिम रुप दिइँदैछ ।

काठमाडौंमा बसेको केन्द्रीय समितिको बैठकले भोेजपुरका डा. थापालाई प्रवक्ताको जिम्मेवारी दिएको हो । डा. थापाले विपद् व्यवस्थापनमा पिएचडी गरेका छन् । पेशाले कानुन व्यवसायी समेत हुन् ।

यही १७ मंसिरमा प्रज्ञा प्रतिष्ठानमा पार्टीको घोषणासभा हुनेछ । नेताहरूका अनुसार घोषणापत्रमा समृद्धि र सुशासनको उज्यालो कार्यक्रम ल्याइनेछ । पार्टीका प्रवक्ता डा. थापा आफूहरू एकीकृत वैकल्पिक शक्ति बनाउने प्रयासमा रहेको बताउँछन् । यसका लागि आवश्यक गृहकार्य र चुनावको तयारी एकसाथ अगाडि बढेको जनाए ।