October 14, 2026, Wednesday
२०८३ आश्विन २९ बिहीबार

बुटवल अस्पतालद्वारा बाढी प्रभावितका लागि ७ लाख ७७ हजार सहयोग

Advertisement

बुटवल– रुपन्देहीको बुटवलमा रहेको बुटवल अस्पताल प्रालिले बाढी प्रभावितका लागि आर्थिक सहयोग गरेको छ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि अस्पतालले ७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

Advertisement

अस्पतालका अध्यक्ष चुन्नप्रसाद शर्मा पौडेलले प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा जम्मा हुने गरी अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । उक्त सहयोग हस्तान्तरण कार्यक्रममा अस्पताल सञ्चालक एवं बुटवल उपमहानगरका वडाध्यक्ष नरिश्वर शर्माको पनि उपस्थिति थिए । प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुग्ने विश्वाससहित उक्त रकम जम्मा गरिएको अध्यक्ष पौडेलले बताए ।

बुटवलको ज्योतिपथमा रहेको एक सय शय्या क्षमताको हस्पिटलले अनुभवी स्वास्थ्यकर्मी, आधुनिक चिकित्सा प्रविधि तथा पूर्वाधारमार्फत विभिन्न विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ। २५ वर्षदेखि बुटवलमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको सो अस्पतालले विपद्को समयमा प्रभावित नागरिकसँग ऐक्यबद्धता जनाउँदै उक्त सहयोग गरेको जनाएको छ ।