October 14, 2026, Wednesday
२०८३ आश्विन २९ बिहीबार

मौलिक तीजगीत प्रतियोगितामा तिनाउ इङ्गलिस बोर्डिङ प्रथम

Advertisement

बुटवल–बुटवलमा आयोजित अन्तर विद्यालय मौलिक तीजगीत प्रतियोगिता–२०८३ को उपाधि तिनाउ इङ्गलिस बोर्डिङ स्कुलले जितेको छ ।

Advertisement

शान्तिका लागि सञ्चार अभियानद्वारा सञ्चालित बुद्ध सामुदायिक टेलिभिजनको १८औँ स्थापना दिवस तथा हरितालिका तीजको अवसरमा प्रतियोगिता आयोजना गरिएको थियो । ‘संस्कृति संरक्षणमा शिक्षाको महत्व’ विषयमा आयोजित प्रतियोगितामा रुपन्देहीका १३ वटा विद्यालय सहभागी भएका थिए ।

प्रतियोगितामा प्रथम भएको तिनाउ इङ्गलिस बोर्डिङ स्कुलले नगद ५० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । बुटवलको इन्टलेक्चुअल एकेडेमी दोस्रो हुँदै ३० हजार रुपैयाँ तथा मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । न्यू होराइजन इङ्गलिस बोर्डिङ सेकेन्डरी स्कुल तेस्रो बनेर १५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रमाणपत्र तथा पुरस्कार प्रदान गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले मौलिक संस्कृति र परम्पराको संरक्षणसँगै विपद्को सामना गर्न सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताए ।

प्रतियोगिताको यसोदा फुड्स प्रालि मुख्य प्रायोजक तथा अन्नपूर्ण एग्रो इन्डस्ट्रिज प्रालि र अर्घाखाँची सिमेन्ट लिमिटेड प्रायोजक रहेका थिए ।