September 4, 2026, Friday
२०८३ भाद्र १९ शुक्रबार

रसुवा बाढीप्रति रूपन्देही क्रिकेट संघद्वारा दुःख व्यक्त

Advertisement

भैरहवा– रसुवामा बाढी आउँदा घटित हृदयविदारक घटनाप्रति रुपन्देही क्रिकेट संघले गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।

Advertisement

संघका अध्यक्ष हरिबहादुर थापा र सचिव उदयकुमार मल्लिकले शोक वक्तव्य जारी गर्दै घटनामा अमूल्य जीवन गुमाएका सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेका छन् ।

वक्तव्यमा शोकको यस असह्य घडीमा मृतकका परिवारजन, आफन्त तथा प्रियजनप्रति हार्दिक समवेदना व्यक्त गरिएको छ । साथै, घटनापछि सम्पर्कविहीन रहेका सबै व्यक्तिको सकुशल उद्धार गरी शीघ्र परिवार तथा आफन्तजनमाझ फर्काउन सम्बन्धित निकायले प्रभावकारी पहल गर्नुपर्नेमा जोड दिइएको छ।

संघले घाइते तथा घटनाबाट प्रभावित सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। यस्ता विपद् तथा दुःखद घटना आगामी दिनमा दोहोरिन नदिन सुरक्षा, पूर्वतयारी, जोखिम पहिचान तथा विपद् न्यूनीकरणका उपायलाई प्रभावकारी बनाउनुपर्ने संघको भनाइ छ।

घटनाको वास्तविक कारण पहिचान गर्न तथा भविष्यमा यस्ता घटना हुन नदिन आवश्यक सुरक्षा र सावधानीका उपाय तत्काल अवलम्बन गर्न सम्बन्धित निकायसँग संघले आग्रह गरेको छ।

रुपन्देही क्रिकेट संघले विपत्तिको यस पीडादायी घडीमा सम्पूर्ण पीडित परिवारसँग ऐक्यबद्धता प्रकट गर्दै दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेको छ।