लोकप्रियता र एल्गोरिदमको भरमा सत्ता चलाउन खोज्दा मुलुकमा चौतर्फी अन्योलः पोखरेल


भैरहवा– नेकपा एमालेका महासचिव शंकर पोखरेलले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने धुर्मुस–सुन्तलीको योजना आकर्षक भए पनि दानदातव्यको भरमा त्यति ठुलो परियोजना सुरु गर्नु अपरिपक्व कदम जस्तै रवि–बालेनको अहिलेको कार्यशैलीलाई तुलना गरेका छन् ।
बिहीबार सामाजिक सञ्जालमा महासचिव पोखरेलले समयको चेत भन्दै रकम अभाव र बढ्दो उधारोका कारण धुर्मुस सुन्तलीको परियोजना संकटमा परेको र उनीहरू पलायन हुन बाध्य भएको बताएका छन् ।
‘अहिलेको नयाँ राजनीतिक नेतृत्व (रवि–बालेन समूह)को कार्यशैली पनि ठ्याक्कै त्यस्तै दिशामा अघि बढिरहेको देखिन्छ’, पोखरेलले भनेका छन्, ‘राजनीति लामो संघर्ष, समर्पण र राज्य सञ्चालनको कला तथा विज्ञान हो । केवल डिजिटल लोकप्रियता र एल्गोरिदमको भरमा सत्ता चलाउन खोज्दा आज मुलुकमा चौतर्फी अन्योल, आर्थिक शिथिलता र सामाजिक संकट गहिरिँदै गएको छ ।’
महाससिचव पोखरेलले स्पष्ट योजना र दूरदर्शिता बिना राज्यसत्तालाई स्वेच्छाचारी ढंगले सञ्चालन गर्ने हो भने, भोलि धुर्मुस–सुन्तलीकै जस्तो असमयमै पलायनको बाटो रोज्नुपर्ने अवस्था नआउला भन्न नसकिने भन्दै समयमै चेत खुलाउन आग्रह गरेका छन् ।








प्रतिकृया दिनुहोस्